चितवनमा थप ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

कोरोना भाइरस

चितवन । चितवनमा शुक्रबार एकैदिन ८७ जना कोरोना संक्रमित थपिएका छन्‌।

भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशालामा ५३३ जनाको थ्रोट स्वाब नमूना परीक्षण गरिएकोमा ८७ जना संक्रमित रहेको पुष्टि भएको हो।

अस्पतालले शुक्रबार राती १२ बजे सार्वजनिक गरेको विवरणअनुसार ३ देखि ९० वर्षसम्मका मानिसहरू संक्रमित भएका छन्‌।

भरतपुर महानगरपालिकामा मात्रै ७३ जना संक्रमित थपिएका छन्‌। यस्तै, रत्ननगरका २ जना, खैरहनीका ४ जना र कालिका नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ।

संक्रमितहरू सबैलाई अस्पताल र क्वारेन्टाइनमा राखिएको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..