महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास भन्ने नाराका साथ प्राथमिक उपचार दिवस मनाइँदै

काठमाडौं । महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास (Adapting first aid practices to the Pandemic) भन्ने मूल नाराका साथ विश्व प्राथमिक उपचार दिवस आज मनाइँदैछ ।

प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिबृद्धि गर्ने र प्राथमिक उपचार स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबारको दिनलाई विश्व प्राथमिक उपचार दिवसका रूपमा संसारभर मनाउँदै आइएको हो ।

जीवन बचाउन, विरामी वा घाइतेको अवस्था सुधार गर्न र चिकित्सा सेवाको पहुँच नहुने अवस्थासम्म प्रारम्भिक स्याहार गर्न प्राथमिक उपचारक स्वयंसेवकहरूले पु-याएको सेवा प्रशंसनिय छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ को कारण विगत वर्षहरूमा झै आम उपस्थिति र सहभागितामा कार्यक्रम आयोजना भएको छैन ।

नेपाल रेडक्रस सोसाइटीले विशेष सुरक्षा सावधानी अपनाई प्राथमिक उपचार ज्ञान र सीपको प्रवद्र्धन गर्ने खालका भर्चुअल अभिमूखीकरण, कृत्रिम घटना अभ्यास, आकस्मिक प्राथमिक उपचार सीप प्रवद्र्धन र लेख रचना आदिका प्रतियोगितात्मक गतिविधिहरू आयोजना गरिरहेको जनाएको छ । रेडक्रसका अनुसार दिवसको सन्दर्भमा ७७ वटै जिल्लामा विविध कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

रेडक्रसले विज्ञप्ती निकालेर भनेको छ, ‘आम मानिसहरूले व्यक्तिगत स्वास्थ्य तथा प्राथमिक उपचारको ज्ञान, सीप लिने अवसर नपाएका पनि हुनसक्छन् । त्यस्तै महामारीमा स्वास्थ्य संस्थामा अत्याधिक चाप हुन सक्ने, चिकित्सक तथा स्वास्थ्य सेवा प्रदायकको उपलव्धता कम हुनसक्ने र सार्वजनिक यातायात पनि स्थगित हुनसक्ने भएकाले स्वास्थ्य सेवा आवश्यक परेको समुदायका व्यक्तिहरू अझ जोखिममा रहेका हुन्छन् ।

त्यसैले प्राथमिक उपचार अभ्यासहरूमा अनुकूल हुने खालका ज्ञान सीपको प्रबर्धन गर्नु सान्दर्भिक र अत्यावश्यक भइसकेको छ ।’

नेपाल रेडक्रसले आमसमुदाय, नेपाल सरकारका सुरक्षा निकायहरू, संयुक्त राष्ट्रसंघीय निकायहरूलगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरू, औद्योगिक, व्यापारिक तथा वित्तीय निकायलाई लक्षित गरी विविध खालका सेवामूलक र प्रवर्धनात्मक प्राथमिक उपचारका तालिमका साथै परेको बेला उपचार सेवा कार्यहरू सञ्चालन गरिरहेको महामन्त्री पीताम्बर अर्यालले जानकारी दिनुभयो ।हालसम्म मुलुकभर १,२०० जना प्रशिक्षक र ३०,००० जना प्राथमिक उपचार स्वयंसेवकहरू विकास गरी सेवा प्रदान गरिएको अर्यालको भनाइ छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..