पर्वतको कुश्माबजार एक साता शिल

पर्वत । यात्रा विवरण नै नभएका व्याक्तिलाई कोरोना सङ्क्रमण देखिएपछि पर्वतको कुश्मा बजार शिल गरिएको छ । स्थानीय प्रशासनले कुश्मा बजार क्षेत्र एक साताका लागि शिल गर्ने निर्णय गरेको हो ।

पोखरास्थित क्षयरोग उपचार केन्द्रमा हिजो गरिएको परीक्षणमा कुश्मा–३ का ६८ वर्षीय पुरुष र कुश्मा–३ का २३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको आकस्मिक बैठकले कुश्मा बजार शिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

कुश्मा नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडा आगामी असोज ३ गतेसम्म शिल गर्ने निर्णय भएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार राजमार्गमा चल्नेबाहेक बजारक्षेत्रमा सार्वजनिक र निजी सवारी, बजारका पसल तथा अत्यावश्यक बाहेकका सेवा बन्द रहनेछन् ।

आगामी असोज २ गतेसम्म अत्यावश्यक सेवाभित्र पर्ने बैंक तथा वित्तिय संस्था, शहकारीसहित सरकारी कार्यालय समेत बन्द रहनेछन् । दुई जनामा कोरोना पुष्टि भएसँगै पर्वतमा कोरोना सङ्क्रमितको संख्या १ सय १२ पुगेको छ ।

यसअघि १ सय ३ जना उपचारपछि फर्किसकेका छन् भने ९ जना आइसोलेसनमा उपचाररत छन् । यसअघि असार दोस्रो साता पर्वतको कुश्मा र मोदी गाउँपालिकाका केही समुदायका व्यक्तिमा सङ्क्रमण देखिएको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..