खानेपानी मन्त्रीको निर्णय : खानेपानी विभागमा पहिलो महिला महानिर्देशक

काठमाडौं। खानेपानी मन्त्री बिना मगरले खानेपानी तथा ढल व्यवस्थापन विभागमा पहिलो महिला महानिर्देशक नियुक्त गरेको छ । नेपालभर खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ। करिब पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बीना मगरले पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त गरेकी हुन्। यसअघि श्रेष्ठ विभागको उप महानिर्देशक पदमा कार्यरत थिइन्।

यसअघिका विभागका महानिर्देशक सुनिल कुमार दास मन्त्रालय सरुवा भएसँगै विभागमा श्रेष्ठलाई नियुक्त गरिएको हो। श्रेष्ठले शुक्रबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेकी छिन् । खानेपानी विभागको उपमहानिर्देशकमा कार्यरत श्रेष्ठलाई खानेपानी मन्त्रालयको शुक्रबारको बैठकले महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको खानेपानी मन्त्रालयले जनाउको छ। श्रेष्ठ, खानेपानी विभागमा कार्यरत सहसचिव मध्ये वरिष्ठ थिइन्। ‘उनलाई वरिष्ठताको आधारमा खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको हो। निवर्तमान महानिर्देशक सुनिल कुमार दासलाई भने खानेपानी मन्त्रालयमा बोलाइएको छ।

मीना श्रेष्ठ, खानेपानी विभागको करिब ५० वर्षे इतिहासमै महानिर्देशकमा नियुक्त पहिलो महिला हुन्। नेपालभित्र खानेपानी र ढल व्यवस्थापन सम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभाग स्थापना गरिएको थियो। त्यस यता थुप्रै महानिर्देशकहरु परिवर्तन भए पनि श्रेष्ठ नै पहिलो महिला महानिर्देशक बन्न सफल भएकी छन्।

वरिष्ठताको आधारमा पनि अगाडि रहेकी श्रेष्ठलाई महानिर्देशक नियुक्त गरेर मन्त्रालयले सकारात्मक सन्देश दिएको छ। विभागमा हालसम्म करिब दुई दर्जन जति महानिर्देशक हुँदा पहिलोपटक महिला महानिर्देशक नियुक्त हुनुमा मन्त्री मगरकै चाहाना प्रमुख रहेको मन्त्रालय स्रोतले बतायो।

यसअघि सिभिल इन्जिनियरको रुपमा श्रेष्ठ भवन विभागमा कार्यरत थिइन्। वि।सं २०५३ देखि सरकारी सेवामा रहेकी श्रेष्ठ अनुभवी र क्रियाशील कर्मचारी हुन्। नेपाल सरकारको कोटाबाटै स्नातक तहसम्मको पढाई पुल्चोक इन्जिनियरिङ कलेजबाट पूरा गरेकी श्रेष्ठले स्नातकोत्तर तहको पढाई भने स्ट्रक्चरल इन्जिनियरिङतर्फ बैंककबाट पूरा गरिन्। २०६६ साल चैत्र १२ गते लिखित परिक्षा बाटै बिल्डिङ एण्ड आर्किटेक उपसमूहको सिनियर डिभिजनल इञ्जिनियर ९उपसचिव० पदमा बढुवा भएकी श्रेष्ठ २०७१ सालमा स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा पदोन्नति भएकी थिइन्। स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा बढुवा भएपछि उहाँ २०७१ माघ ८ गतेदेखि खानेपानी मन्त्रालयमा प्रवेश गरेकी हुन्।

विभागले हाल गुणस्तर सुधार तथा सेवा नियमन, योजना अनुगमन तथा मूल्यांकन, आर्थिक प्रशासनका कार्यहरु गर्दै आएको छ। विभाग अन्तरगत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु, इलेक्ट्रोमेकानिकल तथा हाइड्रो जियोलोजिकल, गुण, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ, राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र, डिजाईन अनुसन्धान तथा उपयुक्त प्रविधि विकास शाखाहरु रहेका छन्। विभाग अन्तर्गत साना सहरी खानेपानी तथा सरसफाई, जलवायु अनुकुलित वृहत खानेपानी आयोजना, सहलगानी खानेपानी तथा सरसफाई र वासमिप आयोजनाहरु सञ्चालनमा रहेका छन्।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..