भारतमा ९४ हजार संक्रमित थपिए, एकै दिन ११ सय भन्दा बढीको मृत्यु

भारतमा ९४ हजार संक्रमित थपिए, एकै दिन ११ सय भन्दा बढीको मृत्यु 1

काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा ९४ हजार भन्दा बढि कोरोना संक्रमित थपिएका छन्।

त्यहाँ ९४ हजार ४ सय ९ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ४७ लाख ५१ हजार ७ सय ८८ पुगेको छ। यस्तै भारतमा एकैदिन ११ सय भन्दा धेरै संक्रमितको मृत्यु भएपछि कुल मृतकको संख्या ७८ हजार ६ सय १४ पुगेको छ।

अमेरिकामा ३७ हजार ४ सय ४४ संक्रमित थपिएका छन् भने हिजो झन्डै ७ सय जनाको मृत्यु भएको छ। त्यहाँ हालसम्म जम्मा संक्रमितको संख्या ६६ लाख ७४ हजार ७ सय ६३ र मृतकको संख्या १ लाख ९८ हजार १ सय १९ पुगेको छ।

यस्तै ब्राजिलमा ३१ हजार ८ सय ८० कोरोना संक्रमित थपिँदा कुल संक्रमितको संख्या ४३ लाख १५ हजार ८०० पुगेको छ। हिजो ८ सय संक्रमितको मृत्यु हुँदा कुल मृतकको संख्या १ लाख ३१ हजार २०० पुगेको समाचार एजेन्सीले जनाएका छन्।

पछिल्लो विवरण अनुसार विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड ८९ लाख २८ हजार ७ सय ५० पुगेको छ भने ९ लाख २४ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्। एजेन्सी

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..