नाकपुजे पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटियो

नाकपुजे पहिरोमा पुरिएकामध्ये एक महिलाको शव भेटियो 1

सिन्धुपाल्चोक। लगातारको बर्षाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराति खसेको पहिरोले कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको छ ।

नाकपुजे पहिरोमा पुरिएका मध्ये एक महिलाको शव फेला परेको छ ।नागपुजेमा एक जनाको शव भेटिएको आफूले सूचना पाएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो ।

ठूलो मानवीय क्षति भएको हुन सक्ने खबर सुनेर आफू घटनास्थल हिडेको उहाँले बताउनुभयो । ईलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेमा सात घरका १७ जना बेपत्ताको सूची निकालिएको जानकारी दिनुभयो ।

सापकोटा सिन्धुपाल्चोक आउनुहुदैँ
पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोक आउँदै हुनुहुन्छ ।

पहिरो प्रभावितलाई भेट्न सभामुख सापकोटा त्यसतर्फ प्रस्थान गर्नुभएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।मौसम अनुकूल भए उद्धारका लागि हेलिकोप्टर पनि पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..