रिक्त जनप्रतिनीधिको विवरण पठाउन निर्देशन

काठमाडौं । सरकारले स्थानीय तहमा विभिन्न कारणले रिक्त रहेका जनप्रतिनिधिको विवरण पठाउन निर्देशन दिएको छ ।

रिक्त जनप्रतिनिधिको विवरण भदौ मसान्तभित्र पठाइसक्न जिल्ला समन्वय समितिलाई सरकारले निर्देशन दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।

स्थानीय तह, प्रदेश र संघीय सरकारको उपनिर्वाचन भएपछि केही स्थानीय तहमा जनप्रतिनिधी विभिन्न कारणले रिक्त भएको खवर सार्वजनिक भएकोले यस्तो परिपत्र गरिएको मन्त्रालयको संघीय मामिला शाखाका, शाखा अधिकृत महेश दाहालले जानकारी दिनुभयो ।

मन्त्रालयले रिक्त भएको स्थानीय तह, नाम थर, रिक्त रहको पद, रिक्त हुनुको कारण र रिक्त भएको मिति समेत उल्लेख गरेर पठाउन जिल्ला समन्वय समितिलाई परिपत्र गरेको हो ।

मन्त्रालयसँग अहिले कति स्थानीय तहमा कुन तहका कती जनप्रतिनिधि रिक्त रहेका छन् भन्ने विवरण छैन ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..