सिन्धुपाल्चोक, घुम्थाङको पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो

सिन्धुपाल्चोक, घुम्थाङको पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो 1

भदौ २८, काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयकाप्रवक्ताका अनुसार अरु २२ जना अझै बेपत्ता छन् ।

मृत्यु हुनेमा वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधान रहेका छन् ।

उनीहरु एकै परिवारका हुन् वा फरक फरक परिवारका हुन् भन्ने अहिलेसम्म नखुलेको डीएसपी सापकोटाले जानकारी दिए ।

पहिरोमा परी अझै २२ जना बेपत्ता छन् । गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ । डीएसपी सापकोटाका अनुसार हालसम्म ११ वटा घरमा क्षति पुगेको छ ।
त्यस्तै सभामुख अग्निप्रसाद सापकोटा पहिरो गएको स्थानमा स्थलमार्ग हुँदै त्यता जान लागेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..