व्यक्तिगत प्यान लिने २० लाख नाघे

व्यक्तिगत प्यान लिने २० लाख नाघे 1

सरकारले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेसँगै सो लिने करदाताको संख्या २० लाख १० हजार पुगेको छ । चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा २० लाख १० हजार १ सय ३४ जनाले व्यक्तिगत प्यान लिएको अर्थ मन्त्रायले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा मात्रै ३६ हजार ६ सय ८२ जनाले प्यान लिएका थिए । सरकारले गत आर्थिक वर्षबाट प्यान अनिवार्य गरेपछि प्यान लिनेहरु निकै बढेका छन् ।

श्रावणसम्म लेखा नम्बर लिने करदाताको कुल संख्या ३३ लाख ८९ हजार ९ सय १३ पुगेको छ । यस अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यवसायिक प्यान लिने करदाता १३ लाख ७४ हजार ४ सय ५६ जना र व्यक्तिगत प्यान लिने करदाता २० लाख १० हजार १ सय ३४ जना पुगेका छन् ।
यसैगरी मूल्य अविवृद्धि करमा दर्ता भएएका करदाता २ लाख ५९ हजार ७ सय २१ र अन्त्त शुल्कमा दर्ता हुने करदाताको सख्या ९७ हजार १ सय ३९ पुगेको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..