बाँदरको यो व्यवहार बुझ्नु भयो भने तपाई पनि यसरी धनी बन्न सक्नुहुनेछ

पैसाको मामिलामा के हामी बाँदरबाट केही कुरा सिक्न सक्छौ ? पैसा कसरी खर्च गर्ने? के जोखिम लिने ? कहाँ लगानी गर्दा फाइदा प्राप्त हुन्छ ? के हामी पैसाको मामिलामा यस्ता प्रश्नको उत्तर बाँदरको व्यवहारबाट प्राप्त गर्न सक्छौ ?

आखिर बाँदर हाम्रा पूर्वज न ठहरिए १ र आफ्नो पूर्वजबाट त धेरै कुरा सिक्न सकिन्छ । यो प्रश्न यसकारण उठेको छ, किनभने अमेरिकाको क्यारेवियन द्वीप पोर्टो रिकोमा यतिबेला एउटा रोचक प्रयोग चलिरहेको छ।

यो अध्ययनमा ६ वटा कापुचिन बाँदर समावेश छन् । यी ६ वटा बाँदरलाई जेम्स बाँन्डको फिल्मको भूमिकाको नाम दिइएको छ। अध्ययन गर्नेहरुले यी बाँदरलाई केही टोकनको सहयोगबाट आफ्ना लागि किनमेल गर्न सिकाइएको छ। यी बाँदरहरुलाई टोकनका साथ एउटा बजार क्षेत्रमा पठाइन्छ ।

फेरि शोधार्थीहरुले हेर्छन् कि यी बाँदरहरु किनमेल गर्न र लेनदेनमा कति जोखिम उठाउने गर्दछन् । अलगअलग टोकनको सट्टामा बाँदरहरुले अलग अलग सामान पाउँछन्।

के बाँदरले बुझ्छन् सस्तो र महंगो के हो ?

यो अध्ययन अमेरिकाको येल युनिभर्सिटीकी मनोवैज्ञानिक प्रोफेसर लाँरी सान्तोसको अगुवाईमा भइरहेको छ। लाँरी सान्तोस भन्छिन्–अध्ययनबाट म यो बुझ्ने कोशिस गरिरहेकी छु कि के बाँदरले सामान सस्तो वा महंगो भएको बुझ्छन् ?

के बाँदरले यो बुझ्छन् कि कुन टोकनको बदलामा कुन स्टलबाट सामान लिन उनीहरुका लागि फाइदा हुनेछ। लाँरी र उनका साथीहरु यो देखेर आश्चर्यमा परे कि सानो तालिमबाटै बाँदरले बुझे कि कुन चैँ शोधार्थीले उनीहरुलाई टोकनको साट्टामा बढी र सस्तो सामान दिनेछ ।

जहाँ टोकनको बदलामा बाँदरलाई दुई गुना खाना प्राप्त हुन्थ्यो, बाँदर त्यही स्टलमा लेनदेनका लागि बढी जान्थे । यी बाँदरहरुले किनमेलका क्रममा मानिसकै जस्तो केही व्यवहार पनि देखाए ।

यी बाँदरहरुले मौकाको फाइदा उठाउन अलिकति पनि ढिला गरेनन् । जब उनीहरुले त्यसै फालिएको टोकन फेला पारे, जसबाट सामान किन्न सकिन्थ्यो, तब बाँदरले त्यो टोकन टिपेर आफूसँग राख्न पनि कुनै ढिलाई गरेनन् ।

अर्थात बाँदरहरुले पैसाको महत्व बुझिसकेका थिए । जस्तो हामी सिक्का र नोटको महत्व बुझ्दछौ, ठिक त्यसरी नै बाँदरहरुले पनि टोकनको महत्व बुझे ।

जोखिम मोल्न तयार रहन्छन् बाँदर ?

यो अध्ययनमा सबैभन्दा आश्चर्यमा पार्ने कुरा यो रह्यो कि बाँदर, बढी प्राप्त गर्नका लागि जोखिम मोल्न पनि तयार थिए। अध्ययनका क्रममा बाँदरहरुलाई केही विकल्प दिइयो । उनीहरुलाई दुई जनाबाट टोकनको बदलामा खाना प्राप्त हुन्थ्यो । यसमध्ये एउटा हरेक पटक बाँदरलाई टोकनको बदलामा दुई वटा फल थिन्थे, त्यही अर्का मानिसले कहिले एक र कहिले तीन फल दिन्थे ।

अर्थात दोस्रो व्यक्तिबाट टोकनको साटो फल लिनुमा जोखिम थियो । तैपनि अध्ययनकर्ताहरुले देखे कि बाँदर त्यही व्यक्तिकोमा फल लिन बढी गइरहेका थिए । कारण यो थियो कि उनीहरुले दुईको सट्टा तीन फल प्राप्त हुने आशा थियो, जबकि यसमा जोखिम पनि थियो कि उनीहरुले टोकनको बदलामा शायद एउटा मात्र फल पनि प्राप्त हुन सक्छ । तैपनि बाँदर त्यो जोखिम मोल्नका लागि तयार थिए ।

मानिसले जस्तै बाजी लगाउनु

यो ठिक त्यही प्रकारको प्रयोग थियो जस्तो कि कुनै व्यक्तिलाई एउटा बाजीको बदलामा निर्धारित दुई हजार रुपैयाँ प्राप्त भएको होस्। या फेरि दोस्रो विकल्पका रुपमा एक हजार पनि प्राप्त हुन सक्द र तीन हजार पनि ।

बाँदरहरुले निश्चित फाइदा अर्थात दुई हजार प्राप्त हुने विकल्प चुनेनन् । उनीहरुले जोखिमको दाउ खेले जसमा एक हजार पनि प्राप्त हुन सक्थ्यो र तीन हजार पनि ।

ठिक त्यसरी नै जस्तो धेरै मानिसहरु बढी प्राप्त गर्ने चक्करमा जोखिमपूर्ण दाउ चल्ने गर्दछन् । यही काम बाँदरहरुले पनि गरे । आखिर उनीहरु पनि त हाम्रा प्राकृतिक नातेदार न परे ।

लाँरी सान्तोस भन्छिन् कि वास्तवमा जुन निश्चित फाइदा छ, त्यसबा बढी प्राप्त हुने नोक्सान पनि छ। नोक्सानको डर हाम्रो मनमा यति धेरै हावी हुन्छ कि मानिसहरु बढी जोखिम लिन लाग्दछौ । ठिक त्यही व्यवहार बाँदरहरुले पनि देखाए ।

बाँदरको यो व्यवहार हामीलाई यो बुझ्न सहयोगी हुन सक्दछ कि कुन प्रकार गिर्दो शेयर बजारमा पनि मानिसहरु बढी कमाईको आशमा लगानी गर्दछन् । र जोखिम मोल्छन्।

लाँरी सान्तोसले यसो पनि भनिन् कि यही कारणबाट मानिसहरु लगानी गर्न डराउँछन् । किनभने उनीहरुलाई लाग्दछ कि हातमा जुन रकम आउँछ, त्यसमध्येको पैसा जान्छ । उनीहरुको हातमा खर्च गर्नका लागि कम पैसा बच्नेछ ।

पूर्वजबाट प्राप्त भएको हो अतार्किक निर्णय ?

यो मानसिकताबाट बच्नका लागि अर्थशास्त्री रिचर्ड थेलरको ‘नज थ्योरी’ लिएर आउनुस् । यो थ्योरीमा मानिसहरुलाई यसो भनिन्छ कि उनीहरुको कमाई आज जुन छ, त्यो भोलि पनि रहनेछ । अर्थात कमाईको सुरुवाती दिनको साटो आगामी दिनमा जब आम्दानी बढ्नेछ, तब मानिसलाई लगानीका लागि भनिनेछ । यसप्रकारले उनीहरुलाई आफ्नो खर्चको पैसामा कमी हुने डर रहँदैन ।

पैसाको विषयमा मानिस अक्सर बेतुकको व्यवहार गर्दछ । त्यही कारणबाट मूल्य पनि आकास छुने गरी बढ्छ र कहिलेकाँहि शेयर बजार डब्न लाग्दछ । हामी अक्सर यस्ता गलत निर्णय लिन्छौ, जसको कुनै तर्क हुँदैन ।

बाँदरमा गरिएको यो अध्ययनले स्पष्ट पार्दछ कि यो हाम्रो विकास विकास प्रक्रियाको नतिजा हो । हामीले पनि आफ्नो पुर्खा अर्थात बाँदरबाट कयौ कुरा विरासतमा पाएका छौ । यसमा कति बेतुकको व्यवहार गर्नु पनि समावेश छ। डेविड एडमन्ड्स र बेन कुपर, बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..