दिल्ली दंगाको षड्यन्त्र गरेको आरोपमा पूर्व विद्यार्थी नेता उमर खालिद पक्राउ

दिल्ली दंगाको षड्यन्त्र गरेको आरोपमा पूर्व विद्यार्थी नेता उमर खालिद पक्राउ 1

दिल्ली दंगा मामिलामा जेएनयूका पूर्व विद्यार्थी नेता तथा ‘युनाइटेड अगेन्स्ट हेट’ का सह–संस्थापक उमर खालिदलाई पक्राउ गरिएको छ ।

यूनाइटेड अगेन्स्ट हेटको एक बयान अनुसार ११ घण्टासम्म चलेको सोधपुछपछि दिल्ली प्रहरीको विशेष सेलले उमर खालिदलाई उत्तर पूर्वी दिल्लीमा भएको दंगाको मामिलामा ‘षड्यन्त्रकारी’ को रुपमा पक्राउ गरिएको हो ।

यूनाइटेड अगेन्स्ट हेट संस्थाकी वकिल तमन्ना पंकजले बीबीसीसँगको कुराकानीमा उमर खालिदको गिरफ्तारीको पुष्टि गरेकी छिन् ।


उमर खालिदका पिता सैयद कासिम रसूल इलियासले भने, ‘स्पेशल सेलले मेरा छोरा उमर खालिदलाई राती ११ बजे पक्राउ गरेको हो । प्रहरीले उसलाई दिउँसो १ बजेदेखि सोधपुछ गरिरहेको थियो । उनलाई दिल्ली दंगामा फसाइएको छ ।’

यूनाइटेड अगेन्स्ट हेटले आफ्नो बयानमा भनेको छ, ‘दिल्ली प्रहरीले दंगाको अनुसन्धान भन्दै प्रदर्शनलाई अपराधीकरण गर्ने कोसिस गरिरहेको छ । डर देखाउने यी विभिन्न तरिका अपनाइँदा पनि सिएए र यूएपीएको क्रुर कानूनविरुद्ध लडाईं जारी रहनेछ ।’

संस्थाले दिल्ली प्रहरीले उमर खालिदको सुरक्षाको सुनिश्चितता गर्नुपर्ने माग राखेको छ ।

उमर खालिदको गिरफ्तारीपश्चात् थुप्रै मानिसहरुको उनको समर्थनमा उत्रिएका छन् । एजेन्सी

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..