कपिलवस्तुमा केरोना संक्रमित दुई व्यक्तिको मृत्यु

कपिलवस्तुमा केरोना संक्रमित दुई व्यक्तिको मृत्यु 1

भदौ २९, कपिलवस्तु । कोरोना भाइरस संक्रमित कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५, चन्द्रौटा बजारका दुई जना व्यक्तिको मृत्यु भएको छ ।

बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा उपचार गराइरहेकी ४७ वर्षीय महिलाको सोमबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय जानकारी दिएको छ ।

ती महिला मिर्गौला र उच्च रक्तचापका बिरामी थिइन् । त्यस्तै उक्त वार्डकै ५८ वर्षीय पुरुषको आइतबार भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको छ । उनी दमका बिरामी थिए । महिलामा भदौ २१ र पुरुषमा भदौ २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..