जनकपुरधाममा सिराहाकी ३५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु

भदौ २९, जनकपुरधाम । सिराहाका एकजना कोरोना संक्रमित महिलाको जनकपुरधाममा मृत्यु भएको छ । सिराहाको कर्जन्हा नगरपालिका वडानम्बर २ बन्दीपुर निवासी ३५ वर्षीया महिला रहेकी छन् ।

ज्वरोसँगै साँस फेर्न कठिनाई भएकी महिलालाई चार दिनअघि जनकपुरधामस्थित काव्य हस्पिटलमा भर्ना गरिएको थियो । भर्ना गरेकै समयमा स्वाब संकलन गर्दा आइतबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि आइतबारै प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनलाई आईसीयुमा राखेर उपचार गरिरहेकै समयमा आइतबार साँझ उनको मृत्यु भएको धनुषाका कोभिड(१९ संयोजकले जानकारी दिएका छन् ।

ती महिलामा निमोनिया देखिएको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..