विश्वमा २ लाख ४० हजार संक्रमित थपिए

विश्वमा २ लाख ४० हजार संक्रमित थपिए 1

काठमाडौं । विश्वभर पछिल्लो २४ घण्टामा २ लाख ४० हजार कोरोना संक्रमित थपिएका छन्।

भारतमा सबैभन्दा धेरै ८१ हजार ९ सय, अमेरिकामा ३७ हजार ५ सय, ब्राजिलमा १९ हजार, अर्जेन्टिनामा ९ हजार ९ सय, रसियामा ५ हजार ५ सय , मेक्सिकोमा ४ हजार ४ सय, कोलम्बियामा ५ हजार ५ सय जनामा संक्रमण पुष्टि भएको हो।

भारतमा २४ घण्टामा १ हजार ५४ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८० हजार ८ सय ८ पुगेको छ । अमेरिका र ब्राजिलमा समान ४ सय ५४ जनाले ज्यान गुमाएका छन्। अर्जेन्टिनामा ३ सय १५, मेक्सिकोमा २ सय १७, कोलम्बियामा १ सय ९९, पेरुमा १ सय २ र स्पेनमा ३३ जनाको मृत्यु भएको छ।

हालसम्म संक्रमित भएका २ करोड ९४ लाख ३३ हजारमध्ये २ करोड १२ लाख ६४ हजार निको भइसकेका छन्। ७२ लाख ३६ हजार सक्रिय संक्रमितमध्ये ६० हजार ६ सयको अवस्था गम्भीर छ। कोरोनाका कारण अहिलेसम्म ९ लाख ३२ हजार ३ सय ९० जनाले ज्यान गुमाइसकेका छन्।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..