कोरोनाबारे गलत प्रचार गर्दै हिँड्ने चार जनामाथि कारबाही

कोरोनाबारे गलत प्रचार गर्दै हिँड्ने चार जनामाथि कारबाही 1

लमजुङ । जिल्ला प्रशासन कार्यालय लमजुङले कोरोना भाइरसबारे गलत प्रचार गरेका व्यक्तिलाई कारबाही गरेको छ ।

प्रशासन कार्यालयले सामाजिक सञ्जालसँगै कोरोना सङ्क्रमित परिवारलाई भेटेर कोभिड–१९ का बारेमा गलत प्रचार गरेका ४ जनालाई कारवाही गरेको हो ।

कारबाहीमा पर्नेमा बेसीसहर नगरपालिका– ७ का ४० वर्षीय पुरुष, ४५ वर्षीया महिला, ७ कै ४९ वर्षिय पुरुष र ११ का २९ वर्षीय पुरुष रहेका छन् । उनीहरूलाई प्रशासन कार्यालयमा बोलाएर कारबाही स्वरूप प्रतिव्यक्ति पाँच सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।

उनीहरूले अनावश्यक रुपमा कोरोना रोगको गलत प्रचारसँगै कोरोना सङ्क्रमितको परिवार र समाजमा भ्रम फैलाएकाले कारबाही गरिएको प्रजिअ शर्माको भनाइ छ ।

सङ्क्रामक रोग ऐन, २०२० को दफा (२) विरुद्धको गतिविधि गरेको र उनीहरूलाई ६ महिनासम्म कैद सजाय हुने भएपनि पहिलोपटक भएकाले कारबाही स्वरूप उक्त जरिवाना लिएर छाडेको प्रशासनले जनाएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..