दाहसंस्कारको चार दिनपछि आयो कोरोना पोजिटिभ रिपोर्ट

कोरोना भाइरस

काभ्रे । काभ्रेमा थप एक महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

गत २५ गते बिहिबार बनेपाको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी भुम्लु गाउँपालिका वडा नं ८ निवासी ७० वर्षीया महिलामा कोरोना सङ्क्रमण भएको रिपोर्ट आईतबार राति आएको हो ।

सङ्क्रमित महिलाको मृत्युको विवरण भने अस्पतालले सार्वजनिक नगरेको भएपनि स्वास्थ्य कार्यलय काभ्रेले हिजो सार्वजनिक गरेको हो ।

बिरामी भएपछि बनेपाको शिर मेमोरियल अस्पतालमा उपचाररत ती महिलाको २५ गते मृत्यु हुने बित्तिकै कोरोना सङ्क्रमणको रिपोर्ट नआई अस्पतालले जर्वजस्ती मृतकका आफन्तलाई शव बुझाएको बताइएको छ ।

आफन्तले भुम्लु ८ मा रहेको डुम्रेघाटमा अन्तिम संस्कार गरेका थिए । महिलाको दाहसंस्कारमा गाउँका झण्डै ५०/६० जना सहभागी भएको मृतकका आफन्तले बताएका छन् ।

योसँगै काभ्रेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि धुलिखेल र पाँचखालमा एक÷एक जनाको मृत्यु भएको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..