महालक्ष्मी नगरपालिकाका मेयरलाई कोरोना संक्रमण

भदौ ३०, काठमाडौँ । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले मगंलबार सामाजिक सञ्जालमा आफूलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरेका हुन् । कोरोनालाई छिट्टै जितेर पुनस् नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने उनले जानकारी दिएका छन्।

श्रेष्ठले लेखेका छन्, ‘आदरणीय नगरबासी दाजुभाइ तथा दिदिबहिनीहरु, विश्व माहामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई हाम्रो नगरमा फैलिन नदिन, नियन्त्रण र रोकथाम गरी नगरबासीहरुलाई सुरक्षित राख्न निरन्तररुपमा खटिरहँदा म आफै कोरोना भाइरसबाट संक्रमित भइ हाल उपचारमा रहेको जानकारी गराउँदै यो रोगलाइ छिट्टै जितेर पुन नगरलाई सुरक्षित बनाउने अभियानमा निरन्तर जुट्ने छु ।’

मेयर श्रेष्ठलाई ३ दिनदेखि ज्वरो आइरहेको र उनको परिवारको पीसीआर परीक्षण गर्दा सोमबार कोरोना पुष्टि भएको नगरपालीका स्रोतले जानकारी दिएको छ । ‘मेयर श्रेष्ठ र उनकी श्रीमतीलाई कोरोना पोजिटिभ देखिएको छ भने उनकी छोरीको भने नेगेटिभ आएको छ,’ स्रोतले जानकारी दिएको छ । मेयर श्रेष्ठ हाल किस्ट अस्पतालको आइसोलेसनमा र उनकी श्रीमती घरमै आइसोलेसनमा बसिरहेको छन् । ब्लड प्रेसर र डाइबिटिजको बिरामी र उच्च ज्वरो भएकाले मेयर श्रेष्ठ अस्पतालमा उपचार गराइरहेको नगरपालीकाले जानकरी दिएका छन् ।

‘नगरपालिकाले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन गर्दा मेयर श्रेष्ठ प्रत्यक्ष रुपमा संलग्न भएर संक्रमितलाई काउन्सिलिङ गर्नुहुन्थ्यो,’ उनले भने, ‘त्यसैले उहाँलाई संक्रमण भएको हुन सक्छ ।’

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..