लामो दुरीको यातायात असोज १ देखि खुल्ने, भाडा ५० प्रतिशत बढाउने सरकारको निर्णय

भदौ ३०, काठमाडौं । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

र, व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने जानकारी मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।

बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..