सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्पको धक्का महशुस

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्पको धक्का महशुस 1

काठमाडौं । सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर ६ रिक्टर स्केलको परकम्प गएको छ ।

आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो नयाँ भूकम्प नभई गोरखा भूकम्प (७.६ रिक्टर स्केल) को परकम्प भएको केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो ।

बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौँ आसपासको भेगमा ठूलो धक्का दिएको छ ।

उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । भक्तपुरको लोकन्थली, बाल्कोट, ठिमीलगायत क्षेत्रमामा ठूलो सङ्ख्यामा मानिस आत्तिएर कराउँदै घर बाहिर निस्किएका थिए ।

विसं २०७२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५५० भन्दा बढी परकम्प गएको केन्द्रले जनाएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..