एकाबिहानै ग्राहकको रुपमा मन्त्री भट्टको अनुगमन, ४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने व्यापारी पक्राउ

एकाबिहानै ग्राहकको रुपमा मन्त्री भट्टको अनुगमन, ४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने व्यापारी पक्राउ 1

एकाबिहानै ग्राहकको रुपमा मन्त्री भट्टको अनुगमन, ४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने व्यापारी पक्राउ 2
भदौ ३१, काठमाडौं । नेपाली बजारमा भारतबाट आयातित तरकारी सहित प्याजको मूल्य बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट विभिन्न होलसेल तथा खुद्रा पसलमा अनुगमनको क्रममा पुगेका छन् ।
कोरोना कहरका बीच उपभोक्तामा मार पार्ने गरी तरकारीको मूल्य बढेसँगै नेपाली बजारमा भारतीय निर्यातको हवला दिँदै प्याज लगयात तरकारीमा कालोबजारीबारे जनगुनासो बढेपछि एकाबिहानै मन्त्री भट्ट अनुगमनका लागि र व्यापारीहरुसँग समस्याको बारेमा फिल्डमै गएर बुझ्न गएका हुन् ।

अनुगमनको क्रममा कालोबजारी गर्ने व्यापारी पक्राउ परेका छन्

बल्खु तरकारी बजार होलसेलको एसके सप्लायर्स र चुली सगरमाथा इन्टरप्राइजेजका सञ्चालक सुनिल केसीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको छ।

बुधबार बिहान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र काठमाडौं महानगरपालिकाले बल्खु तरकारी बजार अनुगमन गरेको थियो।

अनुगमनका क्रममा प्रतिकिलो ४८ रुपैयाँमा खरिद गरेको प्याज १ सय २० मा बेचेको पाइएपछि व्यापारी सुनिल केसीलाई महानगरीय प्रहरी वृत कालिमाटीको जिम्मा लगाइएको अनुगमनमा गएका उपभोक्ताकर्मी माधव तिमल्सिनाले जानकारी दिए।

उनकाअनुसार दुई वटा पसलको गरेर २ सय १९ बोरा प्याज सिल गरिएको छ।

एकाबिहानै ग्राहकको रुपमा मन्त्री भट्टको अनुगमन, ४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने व्यापारी पक्राउ 3

एकाबिहानै ग्राहकको रुपमा मन्त्री भट्टको अनुगमन, ४८ रुपैयाँमा किनेको प्याज १२० मा बेच्ने व्यापारी पक्राउ 4
अन्य व्यापारीलाई भने उपभोक्ता संरक्षण ऐनअनुसार कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाइ सिफारिस गरिएको छ।

६ जना प्याज व्यापारीलाई कागज पत्र लिएर विभागमा आउन सूचना

विभागले कालिमाटी फलफूल तथा तरकारी बजारका ६ जना प्याज व्यापारीलाई कागजपत्र लिएर विभागमा आउन सूचना दिएको छ।

बजारमा प्याजको मूल्य एक्कासी बढेपछि विभागले मंगलबारदेखि कालिमाटी तरकारी बजारमा अनुगमन गरेको थियो।

अनुगमनमा जाँदा प्याजको थोक मूल्य प्रतिकिलो ५७ देखि ९० र खुद्रा मूल्य एक सयदेखि १ सय १० सम्म लिएको उजुरी आएपछि विभागले ३ वटा खुद्रा पसल र तीन वटा थोक पसलका व्यापारीलाई कागज पत्रसहित विभागमा आउन आदेश दिएको छ।

‘हामी अनुगमनमा जाँदा व्यापारी बन्द गरेर गए,’ विभागका प्रवक्ता रवीन्द्र आचार्यले भने, ‘हामीले समितिमा गएर मूल्य लियौं र पसल नम्बर ५ सय १५, ५ सय २४, ५ सय १८, ५ सय ३५, आरके ट्रेडर्सलाई विभागमा उपस्थित हुन सूचना टाँसेर आएका छौं।’

उनका अनुसार किनेको मूल्य र बेचेको मूल्यको बिल र मौज्दातको विवरण लिएर आउन निर्देशन दिइएको छ।

अनुगमन गर्दा कालोबजारी गरेको पाइएमा ऐनअनुसार कारबाही हुने उनले बताए।

चाडबाडको बेला विशेषगरि विभागले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा अनुगमन तीव्र पार्न पत्र काटिसकेको विभागले जानकारी दिएको छ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..