काठमाडौं होटल तथा रेष्टुरेन्ट सञ्चालनमालगाएको रोक आजदेखि हटाइयो

काठमाडौं । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेष्टुरेन्ट सञ्चालनमा लगाएको रोक आजदेखि हटाइएका छन् ।

निषेधाज्ञासम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवे मात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।

दाहालकाअनुसार काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर र बिजोर भने कायमै राखिएको छ । निजी र सार्वजनिक सवारीको जोर बिजोर प्रणाली अर्को आदेश नभइन्जेल कायम रहनेछ ।

काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधनप्रवेशलाई भने अर्को आदेश नहुँदासम्म खुला गरिएको छ । यस्तै विभिन्न व्यवसायमा लगाइएका निषेधात्मक आदेश पनि हटाइएको छ । विभिन्न व्यापार व्यवसायका लागि बारअनुसार खोल्न पाउने गरी गरिएको आदेश आजदेखि लागू हुने छैन ।

उपत्यकामा सबै खाले पसल सबै बार खोल्न पाइने छ । यो पनि अर्को आदेश नहुँदासम्म स्वास्थ्य सम्बन्धी सावधानी अपनाएर खोल्न दिइएको हो ।

नेपालीहरुको ठूला चाडनजिकै आएका कारण पनि सरकारले व्यापार व्यवसाय र यातायातका साधन सञ्चालन गर्न अनुमति दिए पनि नेपालमा कोरोना भाइरसको सङ्क्रमण भने झन् बढिरहेको छ ।

हिजो एकैदिन १५ सय ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या हो । नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले योसहित नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५८ हजार ३२७ पुगेको बताउनुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..