मध्यपुर थिमी नगरपालिका सात दिन बन्द

काठमाडौं । भक्तपरको मध्यपुर थिमी नगरपालिका एक साता बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको हटस्पट बन्ने सम्भावना रहेकोले यो निर्णय गरेको नगर प्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिए ।
नगरपालिका भित्र आजबाट एक सातासम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको उनले जानकारी दिए । संघिय सरकारले अहिले केहि क्षेत्र बाहेक सबै खुल्ला गर्ने निर्णय गरेको भएता पनि मध्यपुर थिमीले स्वास्थ्य सुरुक्षाको जोखिमलाइ ध्यानमा राखेर बन्द गरिएको प्रमुख श्रेष्ठले बताए ।
उनले अब स्थानीय सरकार र स्थानीय जनताले सचेत कमदम चालनु पर्ने बताए । सरकारले कोरोना भाइरसको कारण गरिएको बन्द खुल्ला गरेपछि जोखिम बढेको उनले बताए । त्यसैले अब सबै नागरिक आफै जिम्मेवार बन्नु पर्ने उनले बताए ।
नगरपालिका भित्र आज मात्र ५ सय सक्रमित बढ्ने अनुमान गरेको उनले बताए ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..