राखेपका ४ कर्मचारीको जिम्मेवारी हेरफेर

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपमा कार्यरत ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ ।

भदौ ३१ गतेको निर्णयानुसार राखेप सदस्य सचिव रमेशकुमार सिलवालले ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरेका हुन् ।

आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ । सुजन खतिवडालाई भण्डार शाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

उहाँ यसअघि पनि भण्डार शाखामै हुनुहुन्थ्यो । इन्द्रबहादुर कार्की संघ संस्था समन्वय शाखा प्रमुख बन्नुभएको छ । कार्की१३ औं दक्षिण एसियाली खेलकुद तयारी सचिववलयमा हुनुहुन्थ्यो ।

उक्त शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ गत भदौमा अनिवार्य अवकाश भएपछि प्रमुखको पद रिक्त थियो । त्यस्तै शारदा दाहालले सामान्य प्रशासन शाखाको प्रमुखको जिम्मेवारी पाउनुभएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..