टोकियोमा नेपाली कलात्मक शैलीमा बनेको घरआँगन रेष्टुरेण्टको सेवा सुरू

जापान । टोकियोस्थित इकेबुकुरोमा नेपाली कलात्मक शैलीमा बनेको घरआँगन नामक टिपिकल नेपाली रेष्टुरेण्ट संचालनमा आएको छ । जापानको राजधानी टोकियोस्थित इकेबुकुरोमा सेप्टेम्बर १७ तारिख एक विशेष समारोहकोविच नेपाली नेपाली कलात्मक शैलीमा बनेको रेष्टुरेण्ट कलाकारहरुको लाईभ दोहोरीसहित संचालनमा आएको हो ।

घरआँगन रेष्टुरेण्टमा नेपाली तथा जापानी कला संस्कृतिसहित टिपिकल नेपाली स्वाद,नेवारी खाजा तथा थकाली खानाको स्वाद लिन सकिने जनाएको छ । तीन जनाको लगानीमा संचालनमा आएको घरआँगनमा स्वादिष्ट खाना,सुन्दर र शान्त वातावरण,आधुनिक म्यूजिक सिस्टम,जापानीज स्टाइल खाराओके,नेपालीलाईभ दोहोरी,खेलप्रेमीहरूको लागी छुट्टै कोठामा एचडि टिभीको व्यवस्था र सुन्दर मनमोहक दृश्यहरु चित्रित गरिएको घरआँगन रेष्टुरेण्ट संचालनमा आएको सनसाईन कम्पनीका अध्यक्ष तथा घरआँगन रेष्टुरेण्टका प्रमुख संचालक कार्साङ तामाङले जानकारी दिनुभयो ।

कोरोनाको महामारीको विचमा पछिल्लो समय जापानमा नेपाली कला संस्कृतिलाई जगेर्ना गरि नेपाली रेष्टुरेण्टहरू संचालन भैरहदा घरआँगनले पनि छुट्टै कलात्मक शैली अपनाएको देखिन्छ ।

Loading...
Diwas Basnet
askdiwas@gmail.com

यो छुट्टाउनु भो कि..