सार्क राष्ट्रका विदेशमन्त्रीहरुको बैठक आगामी असोज ८ गते हुने

काठमाडौं । सार्क राष्ट्रका विदेशमन्त्रीहरुको बैठक आगामी असोज ८ गते (२४ सेप्टेम्बरमा) हुने भएको छ ।

नेपालका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अध्यक्षता गर्ने बैठक भर्चुअल माध्यमबाट हुने छ । सांघाई कोअपरेसन अर्गनाइजेसनको बैठकमा सहभागी भारत–पाकिस्तान दुवै देशका विदेशमन्त्रीहरु पनि २४ सेप्टेम्बरको बैठकमा भेट हुने अपेक्षा गरेको द हिन्दुले लेखेको छ ।

सार्क अध्यक्ष राष्ट्र नेपाल भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले गर्नुहुनेछ ।

बैठकमा सार्कका आठ वटै सदस्य राष्ट्रको सहभागीता हुने अपेक्षा गरिएको छ ।गत बुधबार राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठक बसेको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..