आईपीएल आजबाट शुरु हुँदै, उद्घाटन खेलमा मुम्बई र चेन्नई खेल्ने

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको १३ औं संस्करण आज बाट सुरु हुँदैछ ।

युएईको अबुधाबीमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्सबीचको खेलसँगै आईपीएलको नयाँ सिजन सुरु हुनेछ ।मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।

शेख जायद स्टेडियममा दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।दुई टिमबीचको पछिल्लो नजिता हेर्ने हो भने मुम्बई बलियो देखिएको छ ।पछिल्लो पाँच खेलमा मुम्बई अपराजित रहेको छ ।

गत सिजनको फाइनलमा समेत मुम्बईले चेन्नईलाई हराएको थियो ।रोमान्चक बनेको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..