नेकपाको सचिवालय बैठक आज पनि बस्दै, मन्त्रिपरिषद पुनर्गठनबारे छलफल हुने

नेकपाको सचिवालय बैठक आज पनि बस्दै, मन्त्रिपरिषद पुनर्गठनबारे छलफल हुने 1

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्दै छ । हिजो पार्टी कार्यालय कोटेश्वर, पेरिसडाडामा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठनबारे छलफल सुरु भएको छ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा हिजोको छलफललाई निरन्तरता दिइने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।नेकपाको सचिवालय बैठकमा नेताहरू सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका छन् ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तीन विकल्प पेश गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अहिलेका सबै मन्त्रीलाई हटाउने, सुरुमा मन्त्री भएकाहरूलाई हटाउने, वा केही मन्त्री हटाउने र केहीलाई निरन्तरता दिने गरि तीन प्रस्ताव गर्नुभएको हो ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश नेताले सबै मन्त्रीलाई एकसाथ हटाउन नहुने धारणा राख्नुभएको छ । बैठकमा मन्त्रिमण्डल पुनर्गठनको आवश्यकता देखिएको र त्यस एजेण्डामा गम्भीरताका साथ छलफल सुरु भएको पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..