डा. गोविन्द केसी टिचिङमा भर्ना भए

काठमाडौं । डा. गोविन्द केसी शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएका छन् । अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा. केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएसँगै शिक्षण अस्पतालमा भर्ना भएका हुन् ।

विमानस्थलबाटै त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले केसीलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो । केसीले शिक्षण अस्पतलमा आफूलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि शिक्षण अस्पताल सारिएको हो । उनी त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् ।

चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए । सोमबार जुम्लाबाट नेपालगञ्ज आई बसेका उनी मंगलबार काठमाडौं आएका थिए ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..