एबीसी मिडिया ग्रुप तथा नेपाल मिडिया सोसाइटीका अध्यक्ष कँडेलमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । एबीसी मिडिया ग्रुप एवं नेपाल मिडिया सोसाइटीका अध्यक्ष शुभशंकर कँडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अध्यक्ष कँडेलले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनु भएको हो ।

सोमबार दिउँसो स्वाब परीक्षण गराएकोमा मंगलबार बिहान कोरोना पोजेटिभ देखिएको हो । तर, सँगसँगै स्वाब परीक्षण गराएका उहाँको परिवारका सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ ।

सामान्य ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि कँडेल गत बिहीबारदेखि घरमै आराम गरिरहेको थियो ।

अध्यक्ष कँडेलले आफूलाई संक्रमण पुष्टि भएका कारण आफ्नो सम्पर्कमा विगत सात दिनदेखि आएका सबैलाई कोरोना भाइरसको परीक्षण गराउन आग्रह गर्नु भएको छ।

कँडेल मंगलबार नै ह्याम्स अस्पतालमा भर्ना हुनु भएको छ । उहाँको स्वास्थ्य अवस्था राम्रो रहे पनि आवाजमा केही समस्या आएको कँडेललले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..