भारतका रेल राज्यमन्त्री अंगडीको कोरोनाका कारण निधन

नयाँ दिल्ली । नोबेल कोरोनाभाइरसको सङ्क्रमणका कारण भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको निधन भएको छ।

६५ वर्षका मन्त्री अंगडीको दिल्लीस्थित एम्स अस्पतालमा उपचारको क्रममा हिजो बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।सेप्टेम्बर ११ मा कोरोना पुष्टि भएपछि उहाँलाई एम्स अस्पताल भर्ना गरिएको थियो ।

मन्त्री अंगडीले आफै ट्वीट गरेर कोरोना सङ्क्रमणको जानकारी गराउनुभएको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उहाँको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । अंगडी कर्नाटकको चन्नबसप्पाको बेलगामबाट लोकसभाका लागि निर्वाचित हुनु भएको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..