एउटा मन्दिर जहाँ सुतेपछि महिलाहरु गर्भवती हुन्छन्

सन्तान प्राप्तिका लागि मानिसहरु के के गर्दैनन् । यस्तै भारतको हिमाचल प्रदेशको एउटा गाउँमा पनि हुने गर्दछ ।

हिमाचलको सिमस गाउँमा एउटा यस्तो मन्दिर छ जसको बरन्डामा सुत्दा महिलाहरु गर्भवती हुन्छन् भन्ने विश्वास गरिन्छ । स्थानीयहरु स्वयम देवी ले सपनामा आएर सन्तान प्राप्तिको आशिर्वाद दिने र महिलाहरुले सन्तान सुख प्राप्त गर्ने जनविश्वास छ।

त्यसैले यो मन्दिरमा टाढाटाढादेखि महिलाहरु यहाँ आएर सुत्ने गर्दछन् । यो मन्दिरबाहिर महिलाहरु रातदिन सुत्ने गर्दछन् । यसो गर्दा चाँडै गर्भवती हुने उनीहरुको विश्वास छ।

यहाँ सुतेपछि देवीले सपनामा महिलाहरुलाई फल दिने विश्वास गरिन्छ । देवीको वरदानबाट सन्तान प्राप्त हुने जनविश्वासका कारण महिलाहरु यहाँ सुत्ने गरेका हुन् ।

त्यति मात्र होइन, फल हेरेर छोरा वा छोरी हुने पनि थाहा पाइने विश्वास गरिन्छ । यदि कुनै महिलालाई देवीबाट अमरुद पाए उनीहरुले छोरा जन्माउने र कुनै महिलाले भिन्डी पाए छोरी जन्मने विश्वास गरिन्छ ।

यो मन्दिरमा सुतेका बेला कुनै महिलाले निःसन्तान बनिरहने सपना देखेका खण्डमा उनीहरु मन्दिरबाट जाँदैनन् । तब त्यस्ता महिलाको शरीरमा चिलाउने रातो रातो दाग देखिन थाल्छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..