पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु, काठमाडौं उपत्यका हट स्पट बन्ने खतरा

असोज ८, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको निधन भएको छ । सो अवधिमा १७ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतम ले बताउनु भएको छ । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ४५३ जना पुगेको छ ।

कोरोनो संक्रमणका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेहरु मोरङमा ५५ वर्षीय महिला, झापा ७८ वर्षीय पुरुष, सुनसरीमा ८१ वर्षीय महिला, धनुषामा ६८ र ७० वर्षीय पुरुष, रौतहटमा ६५ वर्षिय पुरुष, भक्तपुरमा ७३ वर्षीय पुरुष र ८४ वर्षीय महिला, काठमाडौंमा ८२ वर्षीय महिला, ७५, ७९ र ८० वर्षीय पुरुष, धादिङ्गमा ३२ वर्षीय महिला, तनहुँमा ३९ वर्षीय पुरुष, दाङमा ३९, वर्षीय पुरुष, कपिलवस्तुमा ५० वर्षीय पुरुष, नवलपरासीमा ५५ वर्षीय पुरुष गरी जम्मा १७ जना मानिसको पछिल्लो २४ घण्टामा निधन भएको छ । नेपालमा अहिलेसम्म ४५३ सङ्क्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २३२ जना आई.सी.यु. मा रहेका छन् भने २८ जना व्यक्ति भेन्टिलेटरमा उपचार गराई रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १४९७ जनामा कोरोना संक्रमित थपिएका छन् । निको हुनेको सङ्ख्या ५०,००० नाघेको छ। निषेधज्ञा खुल्ला भएपछि काठमाडौं उपत्यका हट स्पट बन्ने खतरा तीव्र गतिमा बढेको छ । शहर बजारमा न त सामाजिक दुरी कायम गरेको देखिन्छ न त स्वास्थ्यको मापदण्ड पूरा गरेका छन् । सरकारको अनुगमन नै छैन, सरकारले आफ्नो दायित्वबाट पन्छिएर आफैँ नागरिक सचेत हुनुपर्छ भनेर अनुगमन नै गरेको छैन । त्यस्तै स्थानीय सरकारका प्रमुखहरु कोरोना संक्रमणको तीव्र फैलावटले चिन्तित बनेका छन् र संघीय सरकारलाई सामाजिक दुरी, माक्स र उपचारको प्रवन्धको लागि माग गरिरहेका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..