मकवानपुरमा पहिराले वडा कार्यालय भवन पुर्यो

असोज ८, मकवानपुर । निरन्तरको वर्षाले पहिरो खस्दा मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नं ५ कार्यालय पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शुशिलसिंह राठोरका अनुसार एक्साभेटर प्रयोग गरेर खनेको सडकमा आज पहिरो जाँदा वडा कार्यालयको आधा भाग पुरिएको जानकारी दिएका छन् ।
निरन्तर झरी परिरहेकोले तत्काल पुग्न सक्न अवस्था नरहेको र टेलीफोनको नेटवर्कको समस्याका कारण थप क्षतिबारे जानकारी लिन जानकारी लिने प्रयास जारी रहेको बताएका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..