ठाउँठाउँमा सडक खण्ड बन्द

काठमाडौं । वर्षाकाकारण देशका विभिन्न ठाउँका सडकखण्ड बन्द भएका छन् । मुख्य राजमार्गसमेत पहिरोले अवरुद्ध भएपछि यातायातका साधान रोकिएका छन् ।

लमजुङको राइनास नगरपालिका ८ को गौरीटारमा पहिरो खस्दा राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्ड बन्द भएको छ ।

यस्तै पृथ्वी राजमार्गको धादिङ खण्डमा ठाउँ–ठाउँमा पहिरो गएको छ । तनहुँको भीमाद नगरपालिका २ का खडानन्द सिग्देलको गोठ भत्किँदा गोठमा रहेका वस्तु मरेका छन् । निरन्तर परेको पानीले गर्दा चितवनको नारायणी नदीमा आएको बाढी मानव बस्तीमा पसेको छ ।

तीन दिनदेखि परेको पानीले गर्दा नदीको सतह बढेपछि स्थानीयलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ । चितनमा नारायणी, रापती, माडीको रिउलगायतको नदी र खोलामा बाढी आएको छ ।

चितवन र नवलपरासीको सीमा भएर बग्ने नारायणी नदीको बहावले खतराको विन्दु पार गरेको छ । नदीको उद्गमथलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..