काठमाडौं उपत्यकाका थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं उपत्यका

काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा थप ६ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा गरी ६ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

उपत्यकामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ५ सय ३ जना छन् । यस्तै, ललितपुर जिल्लामा ९१ र भक्तपुर जिल्लामा ५१ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर गरी १ हजार ३ सय १३ जना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १२ हजार २ सय ६२ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

थप १ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार ४ सय ५५ जना कोरोना भाइरसको संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ पुगेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..