राष्ट्रिय ब्याडमिन्टन प्रशिक्षण आइतबारदेखि

९ असोज, काठमाडौँ, । राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि शुरु हुने भएको छ । नेपाल ब्याडमिन्टन सङ्घले राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सँगको समन्वयपछि प्रशिक्षण पुनः आरम्भ गर्न लागेको हो ।

कोरोना भाइरसको महामारीका कारण बन्द गरेको प्रशिक्षण नेपाल ब्याडमिन्टन सङ्घले गत साउनमा पुनः सञ्चालन गरेको थियो । उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै फेरी प्रशिक्षण बन्द गर्नुपरेको थियो । सङ्घका उपाध्यक्ष सुवास श्रेष्ठले आइतबार पुनः थाल्ने प्रशिक्षणमा डेढ दर्जनभन्दा बढी खेलाडी सहभागी हुने जानकारी दिएका छन् ।

सङ्घले प्रशिक्षण अघि खेलाडी र प्रशिक्षकको पिसिआर परीक्षण गरेको छ । प्रशिक्षण अवधिमा समेत पिसिआर परीक्षण समय समयमा गरिने उनले बताएका छन् । सामाजिक दूरी कायम गरी खेलाडीलाई प्रशिक्षण दिइने संघको योजना छ । प्रशिक्षण स्थललाई खेलाडी प्रवेश गराउनु अघि निर्मलीकरण गरिने बताइएको छ ।
रासस

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..