आज पनि देशका केही स्थानमा वर्षा हुने पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका केही स्थानमा हल्का र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल भारतको बिहारमा न्यून चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर–पुर्व सर्दैछ।

महाशाखाले हाल कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश १ वाग्मती प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षा भइरहेको जनाएको छ ।

यसैगरी, दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेग गर्जन, चट्याङ्गसहित हल्कादेखि वर्षाको सम्भावना रहेको छ ।

यस्तै, प्रदेश १ र प्रदेश २ को एक, दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

यता, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेग गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भने, प्रदेश नं १ र गण्डकी प्रदेशका एक, दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..