सस्तोमा अमेरिकन डलर दिने भन्दै ठगी गर्दै हिँडेको अभियोगमा पाँच जना पक्राउ

सस्तोमा अमेरिकन डलर दिने भन्दै ठगी गर्दै हिँडेको अभियोगमा पाँच जना पक्राउ 1

काठमाडौं । सस्तोमा अमेरिकन डलर दिने भन्दै ठगी गर्दै हिँडेको अभियोगमा प्रहरीले डलर, नेपाली रुपैयाँ र विभिन्न सामानसहित पाँच जनालाई पक्राउ गरेको छ ।

व्यापारी, व्यवसायी तथा विदेशबाट फर्किएकालाई फोन गरेर आफुसँग प्रशस्त अमेरिकन डलर रहेको र सस्तोमा डलर साटिदिन्छु भन्दै डलर देखाएर नेपाली रुपैयाँ लुटपाट गर्ने पाँच जनालाई आज प्रहरीले मध्यपुर थिमिनगरपालिका–९ बोडेबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ बस्ने ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, बाह्रबिसे–६ घर भई हाल मध्यपुरठिमी–९ बोडे बस्ने ५६ वर्षीय श्यामबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामकृष्ण तामाङ र सोही ठाउँका ३२ वर्षीय कान्छी तामाङलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित रोज भिलेज नजिकैबाट बिहीबार काठमाडौंको धापासी बस्ने एक व्यक्तिलाई अमेरिकन डलर देखाई पाँच लाख लुटेर फरार भएपछि खोजी गर्ने क्रममा उनीहरुलाई प्रहरीले बोडेबाट पक्राउ गरेको हो ।

प्रहरीले निजहरुका साथबाट नेपाली रु दुई लाख ४२ हजार ९३५, विभिन्न कम्पनीका मोबाइल पाँच थान, दुई थान मोटरसाइकल, डलर भन्दै झुक्याउन तयार गरिएका दुई बण्डल कागजका बिटा बरामद गरेको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..