आज देशका थोरै स्थानमा हल्लादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले आज भारतको बिहारमा न्यून चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको जनाएको छ ।

हाल प्रदेश नम्बर १ मा पूर्णतया बदली रहेको र बाँकी प्रदेशमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, आज दिउँसो प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, प्रदेश नम्बर १ का एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै, राति प्रदेश नम्बर १, बागमतीप्रदेश, गण्डकी प्रदेश मा सामान्यबदली रहीथोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..