डा.गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै, सरकार मूकदर्शक

काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था खस्कँदै गएकाले कुनै पनि समय आईसीयूमा भर्ना गर्नुपर्ने स्थिति आउन सक्ने चिकित्सकहरूले बताएका छन् ।

उहाँको मुटुको चालमा गडबडी देखिए वा संक्रमण भए स्थिति जोखिमपूर्ण हुने चिकित्सकहरूको भनाइ छ ।शरीरमा पोटासियमको स्तरमा आएको कमीले गर्दा डा.केसीमा मांसपेशी बाउँडिने, गल्ने, कमजोर हुने लगाएतका समस्या देखिएको छ ।

जसका कारण मुटुको चालमा असामान्यता आउने सम्भावना समेत देखिएको छ । सुगरको कमी हुँदा मस्तिष्कमा समेत समस्या उत्पन्न गर्न सक्ने जोखिम छ ।

जुम्लाबाट १९ औं सत्याग्रह थाल्नुभएका डा.केसी चार दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज भर्ना हुनुभएको थियो ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..