समानुपातिककोमतगणना सकिदै, कांग्रेस–एमाले हाराहारी

काठमाडौ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना लगभग सकिएकोे छ । निर्वाचन आयोगकाअनुसार सर्लाहीको केही मत गन्ने काम बाँकी रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान७ बजे प्राप्त जानकारीअनुसार, नेकपा एमाले ३१ लाख ६१ हजार २ सय ९५, नेपाली काँग्रेस ३१ लाख ११ हजार ६ सय ४३, माओवादी केन्द्र १२ लाख ९५ हजार ९ सय ३, राष्ट्रिय जनता पार्टी नेपालचार लाख ७० हजार ४ सय ८६ र संघीय समाजवादीफोरमले नेपालचार लाख ६९ हजार ४ सय ६१ मतप्राप्त गरेको छ ।

विवेकशील साझा पार्टीले दुई लाख १२ हजार २ सय ९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९६ हजार १ सय ९० मत प्राप्त गरेको निर्वाचनआयोगले जनाएको छ ।

निर्वाचन आयोगकाअनुसार सर्लाहीको एक निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ४९ राजनीतिक दलले भाग लिएकामा सबैभन्दा कम मत हाम्रो पार्टीले हालसम्म ४ सय २६ मत प्राप्त गरेको छ ।

दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेसभा सदस्य निर्वाचनमा करिब एक करोड पाँचलाखको हाराहारीमा मतदान भएको थियो । उक्त निर्वाचनमा प्रत्यक्षतर्फको निर्वाचनको मतपरिणाम भने केही दिनअघि नै सार्वजनिक भइसकेको छ ।

प्रतिनिधिसभामा समानुपातिकतर्फको कुल १ सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, संघीय समाजवादी फोरम नेपालले ६ र राष्ट्रिय जनता पार्टीले ६ सिट पाउने सम्भावना देखिएको छ । यी पाँच पार्टीले मात्रै कुल सदर मतको ३ प्रतिशत कटाएकाले कानुनअनुसार ती दलले मात्रै समानुपातिकबाट सिट पाउनेछन् ।

३ प्रतिशतभन्दा कम ल्याएका दलहरूको मत समानुपातिक सिटका लागि गणना हुनेछैन । समानुपातिक निर्वाचन प्रणालीबाट ४९ दलले चुनावी प्रतिस्पर्धा गरेका थिए । ४४ दलले ३ प्रतिशतभन्दा कम मत पाएका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..