मन्त्रिपरिषद् बैठक सम्पन्न, यस्ता छन् निर्णय

मन्त्रिपरिषद् बैठक

काठमाडौँ- सरकारले नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा डा दीपक भण्डारीलाई नियुक्त गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले भण्डारीलाई नेपाल कृषि अनुसन्धान परिषदको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै नेपाल र इजरायलबीच हुने विभिन्न सम्झौतामा हस्ताक्षर गर्न इजरायलका लागि नेपाली राजदूत डा.अन्जन शाक्यलाई अधिकार दिने निर्णय गरेको छ ।

मन्त्रिमण्डल पुनर्गठनका विषयमा चर्चा चलेपनि आजको बैठकमा यो विषयले प्रवेश पाएन । आजै बिहान नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पनि छलफल भएको थियो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..