सत्तारूढ दल नेकपामा भागबण्डा मिलाउनका लागि तीन वटा मन्त्रालय टुक्र्याउने तयारी

सत्तारूढ दल नेकपामा भागबण्डा मिलाउनका लागि तीन वटा मन्त्रालय टुक्र्याउने तयारी 1

काठमाडौं । सत्तारूढ दल नेकपामा भागबण्डा मिलाउनकालागितीन वटा मन्त्रालय टुक्रयाइने भएको छ । तीन मन्त्रालय टुक्र्याएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ ।

संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्र्याएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई अध्यक्षले गरेका हुन् । स्रोतका अनुसार अब उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्र्याएर एउटा उद्योग र अर्को वणिज्य तथा आपूर्ति मन्त्रालय बनाइनेछ ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइलाई टुक्र्याएर ऊर्जा र सिँचाइ तथा नदी नियन्त्रण मन्त्रालय बनाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातलाई पनि टुक्र्याएर भौतिकपूर्वाधार र यातायात तथा रेल मन्त्रालय बनाउने गरी समझदारी भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठन गर्दा तय गरिने मापदण्ड, पूर्वसमूहका आधारमा भागबन्डाको सङ्ख्या र मन्त्रालय छिनोफानो भएपछि मात्रै पात्रका नाममा समझदारी खोजिने नेकपाको तयारी छ ।
त्यसपछि मन्त्रिपरिषद् बैठक राखेर निर्णय लिने तयारी दुई अध्यक्षको छ । अहिले २१ वटा मन्त्रालय छन्, अब २४ हुनेछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २५ मन्त्रालय बनाउने गरी दुई अध्यक्षबीच समझदारी बनेको बताइएको छ ।

प्रचण्डले, प्रधानमन्त्रीसहित २५ मन्त्रालयमा १० वटा पूर्वमाओवादी समूहलाई दिनुपर्ने, बाँकी १५ मा वरिष्ठ नेता माधवकुमार नेपाल समूहसहितलाई प्रधानमन्त्री ओलीले व्यवस्थापन गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । ओलीले भने ९ मन्त्रालय मात्र पूर्वमाओवादी समूहलाई दिन सकिने बताउँदै आउनुभएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..