कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वमा १० लाखमानिसको मृत्यु

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमा १० लाखमानिसको ज्यानगएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ८ सय ५२ पुगेको छ । पछिल्ला विवरणहरु अनुसार सोमवार बिहानसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या विश्वमा ३ करोड ३२ लाख ९७हजार ५ सय ३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५० हजारभन्दा बढी सङ्क्रमितहरु थपिएका छन् । विश्वमा सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या संयुक्त राज्य अमेरिकामा रहेको छ ।

यो रिपोर्ट तयार पार्दासम्म अमेरिकामा७३ लाख २० हजार ६ सय जना संक्रमित पुगेका छन् भने पछिल्लो २४ घण्टामा ३३ हजार संक्रमित थपिएका छन् ।

अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण २ लाख ९ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने पछिल्लो २४ घण्टामा २ सय ७६ जनाले ज्यान गुमाएका छन् ।यहाँ कोरोना संक्रमणपछि निको हुनेको सङ्ख्या ४५ लाख ६० हजार पुगेको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..