भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ६० लाख नाघ्यो

काठमाडौं । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ६० लाख ७३ हजार तीन सय ४८ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८२ हजार ७०० जना नयाँ सङ्क्रमित थपिएका विवरणहरु सार्वजनिक भएका छन् ।

साथै पछिल्लो २४ घण्टामा एक हजार ४० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भारतमा योसँगै कूल मृत्यु हुनेको संख्या ९५ हजार ५०० पुगेको छ ।

पछिल्लो अपडेट अनुसार ९ लाख ६४ हजार चार सय सातजनामा सक्रिय कोरोनाको अवस्था छ भने ५० लाख १३ हजार ३६७ जना निको भएका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..