कोरोना संकंमित एक महिलाको मृत्यु

कोरोना संकंमित एक महिलाको मृत्यु 1

असोज १२, धरान । धरान उपमहानगरपालिका–२ की एक कोरोना सङ्क्रमित महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार राति भर्ना गरिएका ३८ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिएका छन् ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई आइतबार राति ११ बजे प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । कोरोनाको आशङ्कामा राति नै उनको स्वाब परीक्षण गरिएको थियो । मृत्यु भइसकेपछि उनको कोरोना पोजेटिभ देखिएको थियो ।

उनलाई कुनै पुरानो रोग नभए पनि रगत परीक्षण गर्दा अत्याधिक सुगरको मात्रा देखिएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । योसँगै धरानमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..