आइपीएल क्रिकेट सुपर ओभरमा बैंग्लोरसँग मुम्बई पराजित

आइपीएल क्रिकेट सुपर ओभरमा बैंग्लोरसँग मुम्बई पराजित 1

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ।

सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो। जवाफमा बेंगलोरका कप्तान विराट कोहली र एबी डी भिलियर्सले ६ बल खेल्दै लक्ष्य पुुरा गरे।
सुपरओभरअघि जितका लागि २ सय २ रनको विशाल विजयी लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

मुम्बईका लागि ईशान किशानले सर्वाधिक ९९ र काइरन पोलार्ड ६० रनमा अविजित रहे। बैंग्लोरका इसुरु उडानाले सर्वाधिक २ विकेट लिए। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो। जसमा एबी डी भिलियर्सले अविजित ५५ रन बनाए भने र आरोन फिन्चले ५२ रन जोडे। कप्तान विराट कोहली तेस्रो खेलमा पनि असफल भए। उनले मात्र ३ रन बनाए।

मुम्बईका ट्रेन्ट बोल्टले सर्वाधिक २ विकेट हात पारे। प्रतियोगिता अन्तरगत आज दिल्ली क्यापिटल्स् र सनराइजर्स हैदराबादबिच प्रतिस्पर्धा हुनेछ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..