आज विश्व मुटु दिवस मनाइँदै

काठमाडौं । नेपालमा मुटुरोगी बढ्दै गएका छन । अस्वस्थकर जीवन शैलीकाकारण मुटुरोगको जोखिम बढेको छ ।

आज विश्व मुटुरोग दिवस मनाइरहँदा चिकित्सकहरुले हरेक व्यक्तिले मुटुको स्वास्थ्य जाँच गराउन अनुरोध गरेका छन । आज ‘मन लगाउँ, मुटु बचाउँ’ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदैछ ।

मुटुसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर विश्व मुटु दिवस मनाइने गरिन्छ । मीठो, मसालेदार, चिल्लो, स्वादिलो खाना निरन्तर रूपमा खाँदै जाँदा विस्तारै दीर्घ रोग लाग्ने भएकाले खानपिन र जीवनशैलीमा ध्यान दिनुपर्ने उनीहरुको सल्लाह छ ।

सरकारले मुटुरोगीलाई एक लाख रुपियाँ औषधि उपचारबापत बेहोर्दै आएको छ । १५ वर्षभन्दामुनिका बालबालिका तथा७५ वर्षभन्दामाथिका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य उपचार तथा मुटुसम्बन्धी सम्पूर्ण शल्यक्रिया निःशुल्क रूपमा गरिरहेको छ ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोभास्कुलर सेन्टर लगायतका सरकारी स्वास्थ्य संस्थामा १५ वर्षभन्दा कम र ७५ वर्ष उमेरभन्दा माथिका वृद्धको निःशुल्क उपचार हुने गरेको छ । मुटुको भल्ब बिग्रिएको रोगको सरकारले निःशुल्क उपचार गर्ने गरेको छ ।

विश्वमा हरेक बर्ष एक करोड ८० लाख मानिस मुटुरोगका कारण मर्ने गर्दछन । नेपालजस्ता विकासोन्मुख राष्ट्रमा मुटुरोगबाट मर्नेको सख्या ८० प्रतिशतभन्दा बढी छ । नेपाल हृदयरोग निवारण प्रतिष्ठानका अनुसार हाल नेपालमा करिब ७५ लाख मुटुरोगी भएको अनुमान गरिएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..