केही स्थानमा आंशिक बदली, बाँकी ठाउँमा मौसम सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले हाल भारतको पूर्वी बिहार आसपास रहेको न्यून चापीय प्रणाली कमजोर हुने क्रममा रहेको जनाएको छ ।

यसका साथै, हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, दिउँसो प्रदेश नम्बर १, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

यस्तै, राती प्रदेश नम्बर १, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..