डा.गोविन्द केसीमा देखिएको स्वास्थ्य जटिल बन्दै, आईसीयुको आवश्यकता पर्नसक्ने

काठमाडौं । १५ दिनदेखि अनशनरत प्रा.डा.गोविन्द केसीमा देखिएको स्वास्थ्य जटिलताको तुरन्त व्यवस्थापनसँगै आईसीयूमा तत्काल स्थानान्तरण गर्नु पर्न सक्ने देखिएको छ ।

डा. केसीको उपचारमा संलग्न स्वास्थ्य टोलीका संयोजक प्रा.डा.सुवासप्रसाद आचार्यले केसीको स्वास्थ्य जटिलताको तुरन्त व्यवस्थापनसँगै आईसीयूमा तत्काल स्थानान्तरण गर्नुपर्ने आवश्यकता पर्नसक्ने देखिएको बताउनुभयो ।

डा.केसीलाई बारम्बार छाती दुखाइ, बीचबीचमा रोकिएर धड्कन बिग्रने, मांसपेशी बाउँडिने, थकाइ र पटकपटक चक्करको समस्या देखिएको छ ।

उनको रक्त परीक्षणमा सेतो रक्त कणिकाको संख्या धेरै कम देखिएको छ । यस्तै ब्लड सुगरमा कमीसँगै सोडियम, पोटासियम, म्याग्नेसियम, क्याल्सियम, फोस्फोरस जस्ता इलेक्ट्रोलाइटसमेत कम देखिएको छ ।

डा.आचार्यका अनुसार रक्तबाहिनी नलीमा आपत्कालीन पहुँच कायम राख्न डा. केसीलाई नर्मल स्लाइन दिइराखिएको छ । तर अन्य तरल पदार्थ र इलेक्ट्रालाइट लिन उनले अस्वीकार गरेका छन् ।

जुम्लामा १९ औं सत्याग्रह थालेका डा.केसी ६ दिनअघि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका हुनुभएको हो ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..